खुला प्याराग्लाइडिङमा एक सय खेलाडी सहभागी

हेटौंडा खबर
२० चैत्र २०७८, आईतवार १३:३५

साहासिक खेलकुदको केन्द्रको रुपमा पहिचान बनाएको पोखरामा यही २३ चैतदेखि २० औं संस्करणको नेपाल खुला प्याराग्लाइडिङ च्याम्पियनसिप हुने भएको छ ।

पोखरामा हुने प्रतियोगितामा टेण्डम (व्यावसायीक प्याराग्लाईडिङ) पाइलट र लोसा (सिक्दै गरेका पाइलट) करिब १ सय जना सहभागी हुने भएको नेपाल हवाई खेलकुद संस्था (ना) ले पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।
तीन दिन चल्ने प्रतियोगितामा महिला प्याराग्लाइडिङ पाइलटहरुको समेत सहभागीता हुने प्रतियोगिताका संयोजक बलराम आचार्यले बताए । उनका अनुसार यस पटक एक्युरेसीतर्फको प्रतिष्पर्धा हुने भएको छ । महिला-पुरुष तथा टिमतर्फ गरी ७ वटा इभेण्टमा प्रतिष्पर्धा हुने भएको संयोजक आचार्यले जनाए ।
प्याराग्लाइडिङको एक्युरेसीतर्फ लोसो ल्याण्डिङ् ओभरअलको प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने खेलाडीले क्रमशः ५०, ३०, २० र १० हजार रुपैयाँ प्राप्त गर्ने छन् । सोही विधामा महिलातर्फ भने प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने खेलाडीले क्रमशः ३०, २०, १० र ५ हजार रुपैया प्राप्त गर्ने संयोजक आचार्यले बताए ।

त्यसैगरी टिम एक्युरेसी लोसो ल्याण्डिङ ओभरअलमा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः २०, १५, १० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने भएका छन् । एक्युरेसी टेण्डम ल्याण्डिङ ओभरअलमा प्रथम, द्वितीय र तृतीय तथा शान्त्वना हुनेले क्रमशः ३०, २०, १०, ५ हजार रुपैयाँ प्राप्त गर्ने छन् । त्यस्तै एक्युरेसी टिम टेण्डम ल्याण्डिङ ओभरअलमा प्रथम, द्वितीय र तेश्रो हुने खेलाडीले क्रमशः ३०, २०, १० र ५ हजार रुपैयाँ प्राप्त गर्ने भएको नाले जनाएको छ । एयर शो (एक्रोबेटिक) तर्फ प्रथम, द्वितीय र तेश्रो हुनेले क्रमशः १५, १० र ५ हजार रुपैयाँ प्राप्त गर्ने भएका छन् भने वेष्ट कस्टुयुम (गरुणा फन) तर्फ उत्कृष्ट एक जना खेलाडीलाई १० हजार नगद पुरस्कारको साथमा शिल्ड, मेडल तथा प्रमाणपत्र वितरण गरिने भएको नाका अध्यक्ष कृष्ण भण्डारीले बताए ।
कोभिड १९ को कारण विगतदुई बर्ष देखि स्थगितउक्तप्रतियोगितायस बर्ष एकुरेसि तर्फको इभेण्टमा मात्र हुने तयारी गरिएको अध्यक्ष भण्डारीले जनाए । नाको आयोजानमा यसअघि पोखरा र स्याङजाको स्वरेक मैदानमा प्याराग्लाइडिङको प्रिवल्र्ड कप तथा वल्र्डकप समेत भइसकेको छ । प्रतियोगितामा करिब ५० प्रतिशत व्यवसायीक प्यराग्लाइडिङ पाइलट र उत्तिकै सङख्यामा सोलो पाइलटहरु सहभागी हुने पूर्व अध्यक्ष एवं प्रतियोगिता निर्णायक समितिका संयोजक योगेश भट्टराईले बताए ।

नेपाल पर्यटन बोर्डका प्रवन्धक नविन पोखरेलले पोखरा पर्यटकीय दृष्टिकोणले मात्रै नभई साहसिक खेलकुदको केन्द्र भएको दाबी गरे । पोखरामा पर्यटकहरुको अध्यावधिक नहुँदा यसले पर्यटन विकासमा धेरै प्रभाव पारेको उनको गुनासो छ । प्रतियोगितालाई नेपाल पर्यटन बोर्डले प्रवद्र्धन गर्ने नाका सचिव माधव तिवारीले जनाए । प्रतियोगिता सम्पन्न गर्न ३० लाख खर्च लाग्ने उनले जनाए ।
पोखरामा व्यावसायिक रुपमा सञ्चालन भएका ६० भन्दा बढी कम्पनी रहेका र करिव ३ सय ६६ टेण्डम प्यराग्लाइडिङ पाइलट र कबिर एक सय ४० जना सोलो प्याराग्लाइडिङ पाइलट रहेको तिवारीले जनाए । प्रतियोगितालाई प्रविधिक हिसावले सम्पूर्ण तयारी गरिएको नाका प्राविधिक उपाध्यक्ष एवं प्रतियोगिताका निर्णायक समितिका सह–संयोजक अनिल केसीले बताए । प्र्रतियोगितालाई नेपाल प्याराग्लाइडिङ तथा ह्याङग्लाइडिङ संघ र नेपाल प्याराग्लाइडिङ पाइलट क्लबको सहयोगमा भएको नाले जनाएको छ । प्रतियोगिताले पोखराको खेल पर्यटन प्रवद्र्धन हुनुका साथै नवौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई समेत थप टेवा पुग्ने केसीले जनाए ।

यसमा तपाइको मत

Your email address will not be published.


*