अस्ट्रेलियाले जित्यो महिला क्रिकेट विश्वकप

हेटौंडा खबर
२० चैत्र २०७८, आईतवार १४:२२

अस्ट्रेलियाले इंग्ल्यान्डलाई ७१ रनले हराउँदै महिला क्रिकेट विश्वकपको उपाधि जितेको छ ।न्युजील्यान्डको क्राइस्टचर्चमा आइतवार भएको फाइनलमा अस्ट्रेलियाले ३५६ रनको विशाल स्कोर बनाएर इंग्ल्यान्डलाई २८५ रनमा सीमित गरी जीत हात पारेको हो ।

अस्ट्रेलियाका लागि विकेटकीपर ब्याट्सवुमन एलिसा हीलीले १७० रन बनाइन् । उनलाई रेचल हेन्सले ६८ तथा बेथ मूनीले ६२ रन बनाएर टीमको विशाल स्कोरका लागि सहयोग गरेका थिए ।

जवाफमा इंग्ल्यान्डकी नताली सिभरले १४८ रन योगदान गरेको भए पनि टीमले विजयी लक्ष्य हासिल गर्न सकेन । अन्य ब्याट्सवुमनले राम्रो योगदान गर्न नसकेका कारण टीम हारेको हो ।

अस्ट्रेलियाली बलरहरू अलाना किङ र जेस जोनासनले समान तीन तीन विकेट लिए ।

अस्ट्रेलियाले कीर्तिमान सातौंपटक विश्वकप जितेको हो ।

यसमा तपाइको मत

Your email address will not be published.


*