भारतमा कोरोनाका १०५४ नयाँ संक्रमित भेटिए, एकैदिन २९ को मृत्यु

हेटौंडा खबर
२७ चैत्र २०७८, आईतवार ११:२०

भारतमा पछिल्लो २४ घण्टाभित्र कोरोना भाइरसका १०५४ संक्रमित फेला परेका छन् ।

यतिबेला कोरोनाका १ हजार २५८ बिरामी निको पनि भए ।भारतको स्वास्थ्य मन्त्रालयले जारी गरेको ताजा आँकडा अनुसार यतिबेला २९ कोरोना संक्रमितको मृत्यु पनि भएको छ ।

भारतमा अब कोरोनाभाइरसका कूल ११ हजार १३२ सक्रिय बिरामी छन् जुन हालसम्म भेटिएका संक्रमितको ०.०३ प्रतिशत हो । भारतमा अब कोरोनाका कारण ज्यान गुमाउनेको आँकडा ५ लाख २१ हजार ६८५ पुगेको छ ।हालसम्म कुल ४ करोड २५ लाख २४ हजार ५४ बिरामी निको भएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*