हेटौंडामा राप्रपाको शक्ति प्रदर्शन (तस्विरहरु)

हेटौंडा खबर
२७ चैत्र २०७८, आईतवार १८:३५

राष्ट्रिय प्रजातन्त्र पार्टीले हेटौंडामा शक्ति प्रदर्शन गरेको छ।

कमल थापाको गृह जिल्लामा आएर आइतबार राप्रपाले शक्ति प्रदर्शन गरेको हो देशब्यापी आमसभा गर्दै हिडेको राप्रपाले हेटौंडाको हुप्रचौरमा आमसभा गर्यो।

कार्यक्रममा अभिनेत्रीसमेत रहेकी पार्टीकी महामन्त्री रेखा थापा, केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनलगायतले सम्बोधन गरेका थिए।

कार्यक्रममा नेत्री रेखा थापाले आफ्नो पार्टी जनताको सेवक बन्ने अवसर दिन आग्रह गरिन् । उनले अन्य पार्टीमा भोट हालेर पश्चातापमा नगर्न र मौलिकता बचाउने, आफ्नो हक अधिकार सुनिश्चित गर्न राप्रपा रोज्नु पर्ने बताईन् ।

कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष राजेन्द्र लिङ्देनले बिगत लामो समयदेखि सिमित पार्टी र सिमित नेताहरुले देशलाई बन्धक बनाएर राखेको आरोप लगाए ।

उनले देशको कुनैपनि राजनीतिक दल देखेर कुनैपनि क्षेत्रका नागरिक खुशी नभएको बताउदै नेपाली रुपैयाँ अहिले नेता तथा कालोबजारी गर्नेको घरमा थन्किएर बसेकाले देशको अर्थतन्त्र यो हालतमा आएको बताए ।

 

 

यसमा तपाइको मत

Your email address will not be published.


*