चीनमा घट्यो विद्युतीय सवारी साधनहरुको उत्पादन

चीनमा कोभिड–१९ संक्रमण फैलिँदै गएपछि मार्च महिनामा विद्युतीय सवारी साधनहरुको उत्पादनमा कमी आएको छ ।
चीनको साङघाई सहरमा ओमिक्रोनको संक्रमण फैलिँदै गएपछि सहरमा लकडाउन भएको थियो । उक्त लकडाउनका कारण साङघाइ अवस्थित कार फ्याक्ट्री बन्द हुँदा कारहरुको उत्पादनमा कमी आएको हो ।
कोभिडका कारण अपेक्षा गरे अनुरुपको सङ्ख्यामा कारहरुको उत्पादन गर्न नसकेको चीनका प्यासेन्जर कार एसोसियसनका महासचिव कुइ डोङसुले बताएका छन् ।
कुल कार कम्पनीहरुले उत्पादन गर्ने कारहरुको सङख्यामा गिरावट आएपनि विद्युतीय कार निर्माता कम्पनी टेस्लाले भने फेब्रुअरी महिनाको तुलनामा कार उत्पादन १६ प्रतिशतले वृद्धि गरेको छ ।
मार्च महिनामा समग्र रुपमा चीनमा १ लाख ६१ हजार कारहरुको बिक्रि भएको छ । उत्पादन ठप्प हुँदा चिनियाँ कारनिर्माता कम्पनी नियोको सेयर ९ प्रतिशतले घटेको छ ।