संकटकाबीच कयौंको भयावह मृत्यु हुने श्रीलंकाली डाक्टरको चेतावनी

हेटौंडा खबर
२९ चैत्र २०७८, मंगलवार १२:०२

बिजुली कटौती र जीवन बचाउने औषधिको अभावकारण स्वास्थ्य सेवा प्रणाली पतन हुने स्थितीमा रहेका बेला कयौंले ज्यान गुमाउने चेतावनी श्रीलंकाली डाक्टरहरुले दिएका छन् ।

हृदयघातको उपचार गर्ने औषधिहरू र नवजात शिशुहरूलाई सास फेर्न मद्दत गर्ने ट्यूबहरूको राष्ट्रव्यापी अभाव छ । बिजुली कटौतीका कारण ग्रामीण श्रीलंकाका डाक्टरहरू घाउ र सर्पदंशको उपचार अन्धकारमा गर्न बाध्य छन् ।

स्थिति यति डरलाग्दो छ कि धेरै अस्पतालहरूले नियमित शल्यक्रियाहरू स्थगित गरेका छन् र प्रयोगशाला परीक्षणको संख्यामा धेरै कमी गरेका छन् ।आन्तरिक रिपोर्टहरुका अनुसार, डाक्टर, नर्स र अन्य स्वास्थ्यकर्मीहरू विरोध गर्न सडकमा उत्रन बाध्य भएका छन् ।

कतिपयले राष्ट्रपति गोटाबाया राजापाक्षेको राजीनामाको माग गर्दै बढ्दो विरोध आन्दोलनलाई पनि समर्थन गरेका छन्।

‘श्रीलंकाका सबै अस्पतालहरू ध्वस्त हुने स्थितीमा छन्,’ सरकारी मेडिकल अफिसर्स एसोसिएसनका सचिव डा सेनल फर्नान्डोले भनेका छन्, ‘अबको दुई हप्तामा अवस्था बिग्रन्छ र अहिले नै जोगिने उपाँय नगरे मानिस मर्न थाल्छन्।’

२ करोड २० लाख जनसंख्या भएको श्रीलंका आफ्नो इतिहासकै सबैभन्दा उच्च आर्थिक संकटपूर्ण स्थितीमा छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*