नयाँवर्षमा हेटौंडामा मेघा कन्सर्ट हुने

हेटौंडा खबर
२९ चैत्र २०७८, मंगलवार १६:४२

नयाँ वर्षमा हेटौंडामा मेघा कन्सर्ट हुने भएको छ । २०७९को शुभकामना आदानप्रदान गर्दै बागमती फाउण्डेसनको आयोजनामा मेघा कन्र्सट हुन लागेको फाउण्डेसनका अध्यक्ष दर्शन क्षेत्रीले बताए ।

१ गते विहीबार हेटौंडाको भुटनदेवी विद्यालयको खेल मैदानमा दिउँसो १२ बजेबाट कार्यक्रम सुरु गरिने क्षेत्रीले बताए । हामी तयारी अवस्थामा छौं, नयाँ वर्ष कन्सर्टमा रमाउन सबैलाई आग्रह गर्दछु, क्षेत्रीले भने ।

उनले कार्यक्रममा चर्चित गायिका टीका प्रसाई, गायक खेम सेन्चुरी, जेनिश उप्रेती, विकास पाण्डेले आफ्नो सांगीतिक प्रस्तुती दिनेछन् । सोही कार्यक्रममा हाँस्यकलाकार राजेन्द्र नेपाली (लटे) र प्रभात लामा लगायतको आफ्नो प्रस्तुती दिने कार्यक्रम रहेको क्षेत्रीले बताए ।

सामाजिक कार्य गर्दै आइरहेको बागमती फाउण्डेसनले नयाँ वर्षको अवसर पारेर मेघा कन्सर्ट गर्न लागिएको उनले बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*