विजेता क्रिकेट खेलाडीलाई जनही २ लाख पुरस्कार

हेटौंडा खबर
३० चैत्र २०७८, बुधबार १६:४२

सरकारले त्रिदेशीय ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखला जित्ने नेपाली टोलीलाई जनही दुई लाख रुपैयाँ पुरस्कार दिने भएको छ ।

बुधबार बसेको मन्त्रीपरिषद्को बैठकले सरकारले विजेता खेलाडीलाई दुई लाख, मुख्य प्रशिक्षकलाई एक लाख ५० हजार र अन्य अफिसियललाई एक लाख रुपैयाँ प्रदान गर्ने निर्णय गरेको युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजका प्रेस सल्लाहकार संगीन शर्माले बताए ।

युवा तथा खेलकुद मन्त्री गहतराजको प्रस्तावलाई मन्त्रिपरिषद्ले पास गरेको हो ।

चैत १४ देखि २१ गतेसम्म काठमाडौंको कीर्तिपरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पनन शृंखलामा नेपाल अपराजित रहँदै उपाधि जित्न सफल भएको थियो । शृंखलामा मलेसिया र पपुवा न्युगिनी (पीएनजी) सहभागी थिए ।अघिल्लो वर्ष पनि क्रिकेट टोलीले मलेसिया र नेदरल्यान्ड्स सम्मिलित त्रिदेशीय ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखला जितेको थियो । तर त्यतिबेला क्रिकेट खेलाडीले कुनै पुरस्कार पाएका थिएनन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*