सेनाको हिमाल सफाइ अभियानमा युनिलिभरको साथ

हेटौंडा खबर
४ बैशाख २०७९, आईतवार १२:४०

सेनाको हिमाल सफाइ अभियानमा युनिलिभरको साथ जुटेको छ । हिमालको संरक्षण गर्ने र चुचुरो÷हिमाल हरू सरसफाई गरी जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्ने उद्देश्य रहेकामा युनीलिभरले पनि सेनाको अभियानमा हातेमालो गरेको हो ।

नेपाली सेनाको मुख्यालय, जङ्गी अड्डामा आयोजित कार्यक्रममा नेपाली सेनाको  राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष निर्देशानलयका निर्देशक सहायक रथी हिमांशु खड्काले आफूहरुको अभियानमा साथ दिएकामा युनिलिभर नेपाललाई धन्यवाद दिए ।

“हिमाल सफाइ अभियानलाई अभियानको सफलताका लागि विश्वसनीय र प्रतिबद्ध साझेदारीको आवश्यकता पर्दछ र हामी युनिलिभरसँग नेपालमा  यसलाई निरन्तरता दिन पाउँदा उत्साहित छौं, ” सहायक रथी खड्काले भने ।

युनिलिभर नेपाल लिमिटेडका प्रबन्ध निर्देशक म्लान मुखर्जीले भने, “यस निरन्तर सहकार्यमार्फत हामीले यस वर्ष फोहोर संकलन, छुट्याउने, सञ्चित फोहोरको पुनः प्रयोगमा नयाँ कीर्तिमान कायम गर्ने लक्ष्य राखेका छौं ।” नेपाललाई आफ्नो शिखरहरूको लागि गौरव कायम राख्न सहयोग गरी नेपालको सेवामा क्रियाशिल रहेको उल्लेख गर्दै उनले युनिलिभरले कञ्चनजङ्घा हिमालको सफाइभन्दा अर्को राम्रो कारण फेला नपारेको बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*