सत्ता गठबन्धनको निर्वाचन तयारी तथा अनुगमन समितिको बैठक सुरु

हेटौंडा खबर
४ बैशाख २०७९, आईतवार १४:५८

सत्ता गठबन्धनको निर्वाचन तयारी तथा अनुगमन समितिको बैठक सुरु भएको छ । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलको नेतृत्वमा रहेको समितिको बैठक बालुवाटारमा बसेको हो ।

बैठकले ६ महानगरपालिका र ११ उपमहानगरपालिका कुन कसलाई बाँडफाँड लगाउने भन्ने रिपोर्ट तयार गर्ने र गठबन्धनका शीर्ष नेतृत्वलाई रिपोर्ट बुझाउने एक नेताले जानकारी दिए ।

सोही आधारमा सोमबार शीर्ष नेताहरूको बैठकले महानगर र उपमहानगरको बाँडफाँड टुंगो लगाउने तयारी छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*