सेयर बजारका सबै सूचक ओर्लिए

हेटौंडा खबर
४ बैशाख २०७९, आईतवार १६:०५

साताको पहिलो दिन आइतबार पनि सेयर बजारका सबै सूचक घटेका छन् । नेप्से परिसूचक २९.६ अंकले घट्यो । सेन्सिटिभ सूचक ५ अंक घट्यो । दिनभर कुल १ अर्ब ४४ करोडको कारोबार भयो । बैंकिङ ८, ब्यापार ६, होटल तथा पर्यटन ६३, विकास बैंक ६६, जलविद्युत ६०, फाइनान्स ४२, निर्जीबन बीमा १२०, उत्पादन ८८, अन्य ३४, माइक्रोफाइनान्स ४४ र जीवन बीमा उपसमूह २०० अंकले घटे ।

कुल २४ कम्पनीको मूल्य मात्रै बढ्यो, १६७ कम्पनीको घट्दा ४ को स्थिर रहृयो । नेस्डो समृद्ध लघुवित्तको मूल्य १० प्रतिशत बढ्यो । जल्पा सामुदायिक लघुवित्तको ४ प्रतिशत बढ्यो । हिमालय ऊर्जा विकास कम्पनीको मूल्य १० प्रतिशत घट्यो । इमर्जिङ नेपालको ७.५ प्रतिशत घट्यो । धेरै कारोबार हुने कम्पनीमा नेपाल टेलिकम, अरुणभ्याली हाइड्रोपावर, ग्लोबल आईएमई बैंक डिबेन्चर ८६/८७, हिमालयन डिस्टिलरी र नबिल बैंक क्रमशः अगाडि रहे । यसैबीच ग्रीनभेन्चरको आईपीओ बजारमा सूचीकृत भएको छ । कम्पनीको पहिलो कारोबार मूल्य प्रतिकित्ता ९१ रुपैयाँ ८६ पैसादेखि २७५ रुपैयाँ ५८ पैसासम्म तोकिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*