पल शाह प्रकरण: पीडित नाबालिगले अदालतमा बयान फेरिन्

हेटौंडा खबर
४ बैशाख २०७९, आईतवार १८:३८

पल शाह बिरुद्धको जबर्जस्ती करणी मुद्दामा पिडित नाबालिगले बयान फेरेकी छिन् । आज जिल्ला अदालत तनहुँमा बकपत्र दिने क्रममा उनले जाहेरीमा उल्लेखित विवरणहरू सत्य नभएको बताएकी हुन् ।

नाबालिग बालिका ‘होस्टाइल’ भएर बयान दिएको उनको पक्षबाट मुद्दा लडिरहेका एकजना कानुन व्यवसायीले बताएका छन् ।

पीडितको तर्फबाट मुद्दा लडिरहेका एक कानून व्यवसायीका अनुसार आफूले अरूको उक्साहटमा परेर जाहेरी दिन पुगेको दाबी गरेकी छन् । उनले प्रहरी समक्ष आफूलाई पलले पोखरा, तनहुँ र गैंडाकोटमा गरेर तीनपटक करणी गरेको बताएकी थिइन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*