हेटौंडाको मेयरमा माओवादी र नेकपा एसको दावी

हेटौंडा खबर
४ बैशाख २०७९, आईतवार १८:४८

सत्ता गठबन्धनमा नेकपा माओवादी केन्द्रले भरतपुर महानगरपालिकासहित ४ वटा उपमहानगरपालिका दाबी गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको रामचन्द्र पौडेल नेतृत्वको कार्यदलको बैठकमा माओवादीले धरान, जितपुर सिमरा, हेटौँडा र घोराही उपमहानगरपालिकामा समेत दाबी गरेको छ ।

माओवादीले नेकपा एसलाई पोखरा, जसपालाई वीरगन्ज दिएर बाँकी तीन महानगरपालिका विराटनगर, काठमाडौं र ललितपुर नेपाली कांग्रेसले राख्न सुझाव दिएको छ ।

त्यस्तै नेकपा एकीकृत समाजवादीले पोखरा महानगरपालिका सहित थप तीन उपमहानगरपालिकाको मेयर दाबी गरेको छ । त्यस्तै इटहरी, हेटौंडा र तुलसीपुर उपमहानगरपालिका नेकपा एसले दावी गरेको छ ।

नेकपा एसले बुटवल उपमहानगरपालिकामा पनि दाबी रहने भनेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*