चीनको सांघाईमा कोरोनाबाट तीन जनाको मृत्यु

हेटौंडा खबर
५ बैशाख २०७९, सोमबार १२:२८

कोरोना भाइरस संक्रमणबाट चीनको सांघाईमा तीन जनाको मृत्यु भएको छ। सांघाई सहरमा लकडाउन लागू भएपछि संक्रमणका कारण पहिलो पटक तीन जनाले ज्यान गुमाएका हुन्।

समाचार एजेन्सी एएफपीका अनुसार आइतबार तीन जनाको मृत्यु भएको हो। अस्पताल भर्ना भएका तीनै जनाको अवस्था नाजुक रहेको बताइएको छ।

स्वास्थ्यकर्मीहरूले निकै जनाको अवस्था निकै जटिल बन्दै गएसँग बचाउन नसकिएको जनाएका छन्। सांघाई प्रशासनका अनुसार ज्यान गुमाउने तीनै जना ८९ देखि ९१ वर्ष उमेर समूहका रहेका थिए। उनीहरू अन्य रोगबाटसमेत ग्रसित रहेको बताइएको छ।

यसमा तपाइको मत

Your email address will not be published.


*