सुनको मूल्य एकै दिन ५०० रुपैयाँले बढ्यो, चाँदीको पनि वृद्धि

हेटौंडा खबर
५ बैशाख २०७९, सोमबार १२:३३

अघिल्लो दिन स्थिर रहेको सुनको मूल्य सोमवार भने बढेको छ ।

यो दिन सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमवार सुनको मूल्य प्रतितोला १ लाख २ हजार ५०० रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबार दिन अर्थात् आइतवार सुनको मूल्य प्रतितोला १ लाख २ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, यो दिन चाँदीको मूल्य पनि प्रतितोला ५ रुपैयाँले बढेको छ । सोमवार चाँदी प्रतितोला १ हजार ४२० रुपैयाँ कायम भएको छ । आइतवार चाँदीको मूल्य प्रतितोला १ हजार ४१५ रुपैयाँमा किनबेच भएको थियो ।

त्यस्तै, अन्तरराष्ट्रिय बजारमा पनि यो दिन सुनको मूल्य बढेको छ । सोमवार न्यूयोर्क मर्कन्टाइल एक्सचेञ्जको कोमेक्स डिभिजनमा स्पट गोल्डको मूल्य प्रतिऔंस १ हजार ९८४।९१ डलर पुगेको छ ।

त्यसैगरी, आज अमेरिकी डलरको मूल्य पनि स्थिर रहेको छ । यो दिन एक अमेरीकि डलरको विक्रिदर १२२ रुपैयाँ १८ पैसा काय भएको छ । आइतवार पनि डलर सोहि मूल्यमा कारोबार भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*