सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन, सिट बाँडफाँडको लागेन टुंगो

हेटौंडा खबर
५ बैशाख २०७९, सोमबार १३:२२

स्थानीय तह निर्वाचनमा सिट बाँडफाँटको विषयमा छलफल गर्न बसेको सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार बिहान बसेको बैठक साँझ पुन: बस्ने गरी स्थगित भएको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका स्वकीय सचिव रमेश मल्लले जानकारी दिएका छन् ।

गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले चुनावमा तालमेल गर्ने सहमतिपछि कुन स्थानीय तहमा कसले कति पद लिने भन्नेबारे छलफल गरिरहेका छन् । तालमेलका लागि गठबन्धनले यसअघि नै सात बुँदे मापदण्ड जारी गरिसकेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*