माओवादीका केन्द्रीय सदस्य जीवन गौतमले पार्टी छोडे

हेटौंडा खबर
५ बैशाख २०७९, सोमबार १४:१४

नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य जीवन गौतमले पार्टी छाडेका छन्।उनी माओवादीका दाङ जिल्ला इन्चार्ज समेत थिए ।

आज (सोमबार) दाङमा पत्रकार सम्मेलन गर्दै माओवादीको साधारण सदस्यसमेत नरहनेगरि पार्टी त्यागेको बताएका हुन् ।दाङको घोराही उपमहानगरपालिकामा मेयरमा टिकट नपाएपछि उनले पार्टी छोडेको बताईएको छ ।

उनले एमसीसीमा पनि पार्टीले गलत नीति बोकेको र सही दिशामा पार्टी नहिँडेकोले आजैबाट पार्टी त्यागेको बताएका हुन् ।

गौतम वरिष्ठ नेता नारायणकाजी श्रेष्ठनिकट मानिन्छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*