गठबन्धन बैठक लगत्तै प्रचण्डले भने- वैशाख ३० को निर्वाचन कुनै पनि हालतमा सर्दैन

हेटौंडा खबर
५ बैशाख २०७९, सोमबार १४:२२

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वैशाख ३० गतेको स्थानीय तह निर्वाचन कुनै हालतमा नसर्ने दाबी बताएका छन् । गठबन्धनका दलहरू वैशाख ३० को चुनावप्रति दृढ रहेको उनले बताए ।

माओवादीको प्रचार विभागले शुरू गरेको साप्ताहिक पत्रकार सम्मेलनको शुरुवात गर्दै प्रचण्डले चुनाव सर्ने कुरा अनुमानको भरमा आएको बताएका हुन् ।

‘स्थानीय तहको निर्वाचनमा सबै दल सक्रियतापूर्वक देशव्यापी अभियानमा छन् । बीचबीचमा निर्वाचन के हुन्छ भन्ने आशंकाको रुपमा हेर्ने गरिएको छ,’ प्रचण्डले भने, ‘ निर्वाचन सर्दैन वैशाख ३० गते नै निर्वाचन हुन्छ ।’

चुनावको दिन बिहानसम्म पनि चुनाव सार्ने हल्ला चल्ने गरेको भन्दै प्रचण्डले कुनै भ्रममा नपर्न आममतदातासँग आग्रह गरे ।

यसमा तपाइको मत

Your email address will not be published.


*