शुक्रवार चार अमेरिकी सांसद र प्रतिनिधिसभा सदस्य नेपाल आउँदै

हेटौंडा खबर
६ बैशाख २०७९, मंगलवार १३:०६

यसै हप्ताको शुक्रवार चार अमेरिकी डेमोक्रेट सांसद र एक प्रतिनिधिसभा सदस्य गरी पाँच जनाको टोली नेपाल आउने भएको छ । सिनेटर मार्क केली, सिनेटर कर्स्टन गिलिब्रान्ड, सिनेटर कोरी बुकर, एड मार्की र प्रतिनिधिसभा सदस्य मोन्डेयर जोन्स नेपाल आउन लागेका हुन् ।

सिनेटर मार्क केलीले थप जानकारी बाहेक नौ दिने भ्रमणको कुरा खुलाएको अमेरिकी समाचार वेबसाइट द हिलले जनाएको छ । रुसले युक्रेनमाथि आक्रमण गरेपछि रुसविरुद्ध विश्व शक्ति लागिपरेको छ । नेपाल भ्रमणका क्रममा यो टोलीले युक्रेन मुद्दालाई पनि प्राथमिकतामा राख्ने बताइएको छ ।

चार सांसद, प्रतिनिधिसभा सदस्य र अन्य उच्च अधिकारीहरूसमेत रहने भनिएको यो भ्रमण टोली पोल्याण्ड, युएई, भारत, नेपाल र जर्मनीको नौ दिने भ्रमणमा निस्किएको हो । युक्रेनको पक्षमा समर्थन जुटाउनु र द्विपक्षीय सम्बन्धलाई सुदृढ गर्ने भ्रमणको टोलीको प्राथमिकता भनिए पनि अन्य एजेण्डाहरु भने सार्वजनिक भएका छैनन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*