चालु आवमा ५.८ प्रतिशत आर्थिक वृद्धि हुने सरकारको अनुमान

हेटौंडा खबर
१५ बैशाख २०७९, बिहीबार १३:४१

केन्द्रीय तथ्यांक विभागले चालु आर्थिक वर्ष ५.८ प्रतिशत आर्थिक वृद्धि हासिल हुने अनुमान गरेको छ । बजेटमा सरकारले ७ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखेको थियो ।

विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले नौ महिनाको यथार्थ तथ्यांक र तीन महिनाको अनुमानका आधारमा नयाँ आर्थिक वृद्धि हुने अनुमान गरिएको बताए । एसियाली विकास बैंकले भने चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि ३.९ प्रतिशत र विश्व बैंकले ३.७ प्रतिशत हासिल हुने अनुमान गरेको छ ।

बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै विभागले अन्तर्राष्ट्रिय पद्धतिअनुसार राष्ट्रिय लेखा अनुमान तयार पारेको जनाएको छ । बाँकी तीन महिनाको अवधिमा कोभिड–१९ लगायत अरू कुनै कारण अर्थतन्त्रमा कुनै असर नपार्ने अनुमानका आधारमा यो लक्ष्य राखिएको विभागले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*