नेपालीको प्रतिव्यक्ति आय १३ सय ७२ डलर पुग्यो
हेटौंडा खबर
१५ बैशाख २०७९, बिहीबार १४:०३
नेपालीको प्रतिव्यक्ति आय १३७२ डलर पुगेको छ।
केन्द्रीय तथ्यांक विभागका अनुसार प्रतिव्यक्ति कुल गार्हस्थ्य आय १ लाख ६४ हजार ५ सय ९८ अर्थात् १ हजार ३ सय ७२ अमेरिकी डलर पुगेको हो।
त्यस्तै प्रतिव्यक्ति कुल राष्ट्रिय आय १ लाख ६५ हजार ६ सय ४९ अर्थात् १ हजार २३ सय ८१ अमेरिकी डलर पुगेको विभागले जनाएको छ। अर्थतन्त्रको आकार अर्थात् कुल गार्हस्थ उत्पादन ४१ खर्ब ५ अर्ब ५४ करोड रूपैयाँ पुगेको पनि विभागले जनाएको छ।