बागी उम्मेदवारबारे बालुवाटारमा सत्ता गठबन्धनको बैठक

हेटौंडा खबर
१६ बैशाख २०७९, शुक्रबार ११:५५

स्थानीय तह निर्वाचनबारे छलफल गर्न पाँचदलीय सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक सुरु भएको छ।

प्रधानमन्त्री निवास बालुवाटरमा सुरु भएको बैठकमा साझा उम्मेदवारविरुद्ध परेका बागी उम्मेदवारबारे छलफल हुने बताइएको छ। सरकार सञ्चालन समन्वय संयन्त्रसमेत सहाभागी बैठकमा गठबन्धनले दिएका उम्मेदावरीविरुद्ध परेका बागी उम्मेदवारीबारे छलफल हुने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले जनाएको छ।

बिहान ९ बजे सुरु बैठकमा नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा भने सहभागी छैनन्।

उम्मेदवारी फिर्ता लिने आज अन्तिम दिन हो। गठबन्धनका उम्मेदवारविरुद्ध विभिन्न स्थानीय तहमा बागी उम्मेदवारी परेका छन्।

गठबन्धनका शीर्ष नेताहरुको वैशाख १४ गते बसेको बैठकले बागी उम्मेदवारी फिर्ता लिन आग्रह गरेको थियो।

उक्त बैठकमा गठबन्धनमा आवद्ध दलहरुले प्रमुख प्रतिपक्षी नेकपा एमालेसँग गरेको तालमेल खारेज हुने पनि निर्णय भएको थियो।

यसमा तपाइको मत

Your email address will not be published.


*