हेटौंडाका मेयर आचारसंहिता उल्लंघन गर्दै पार्टीको चुनावी प्रचारमा

हेटौंडा खबर
१६ बैशाख २०७९, शुक्रबार १३:३०

हेटौंडा उपमहानगरपालिकाका प्रमुख हरि बहादुर महत निर्वाचन आचारसंहिता उल्लंघन गरी पार्टीको चुनावी कार्यक्रमहरुमा सहभागी भएका छन् ।

महत केहिदिन यता नेकपा एमालेको चुनाव प्रचार-प्रसार कार्यक्रम तथा घरदैलो कार्यक्रममा भाषण गर्दै हिडेका छन् । निर्वाचन आचारसंहिता अनुसार बहालवाला जनप्रतिनिधि पार्टीको प्रचारमा खटिन पाउँदैनन्।

सरकारी पदको दुरुपयोग गर्दै उनि पार्टीको कार्यक्रममा सहभागी भैरहेका छन् ।

निर्वाचन आयोगको आचारसंहिताको बुँदा ५ क मा कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन वा प्रचारप्रसार गर्न नहुने उल्लेख छ । तर त्यसको उल्लङ्घन गर्दै हेटौंडाका मेयर महत पार्टीको चुनावी कार्यक्रममा दौडिरहेका छन् ।

 

 

यसमा तपाइको मत

Your email address will not be published.


*