स्थानीय निर्वाचन : आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने
आसन्न स्थानीय तिह निर्वाचनको लागि मनोनयन दर्ता गराएका उम्मेदवारहरुले आज आफ्नो मनोनयन फिर्ता लिन सक्नेछन् । आफ्नो उम्मेदवारी फिर्ता लिन चाहनेलाई निर्वाचन आयोगले आज साँझ ५ बजेसम्मको समय दिएको छ । फिर्ताको समय सकिएलगत्तै उमेदवारहरुको अन्तिम नामावली प्रकाशन गर्ने आयोगले जनाएको छ ।
स्थानीय तह निर्वाचनका लागि बैशाख ११ र १२ गते उम्मेदवारी दर्ता गरिएको थियो । देशभरबाट एक लाख ५३ हजार भन्दा बढीको उमेदवारी दर्ता भएको थियो । ती उम्मेदवारीमाथि परेका दावी विरोध तथा उजुरीमाथि जाँचबुझ गरेको आयोगले बिहीबार साँझ उम्मेदवारहरुको नामावली प्रकाशन गरेको थियो । आज उमेदवारी फिर्ता लिन चाहनेले आफ्नो नाम फिर्ता लिइसकेपछि अन्तिम नामावली प्रकाशन गरिने आयोगले जनाएको छ ।