एआईजी विश्वराज पोखरेललाई आईजीपी बनाउन गृह मन्त्रालयको प्रस्ताव
हेटौंडा खबर
१८ बैशाख २०७९, आईतवार १३:३०
गृह मन्त्रालयले नेपाल प्रहरीका एआईजी विश्वराज पोखरेललाई प्रहरी प्रमुख आईजीपी नियुक्त गर्न प्रस्ताव गरेको छ ।
स्रोतका अनुसार गृहले पोखरेलको नाम अघि सारेको हो । वरीयतामा पोखरेल अगाडि रहेकाले उनैलाई अगाडि सारिएको गृह स्रोतले जनाएको छ ।
प्रहरीमा पोखरेलसँगै, सहकुल थापा, धीरजप्रताप सिंह र रवीन्द्र धानुक एआईजी छन् । आजको मन्त्रिपरिषद्को बैठकले नयाँ आईजीपी नियुक्त गर्नेछ ।