हेटौंडा आएर केपी ओलीले भने : यो सरकार खान जन्मिएको हो, २४ लाख डोज भ्याक्सिन निल्यो

हेटौंडा खबर
१८ बैशाख २०७९, आईतवार १८:४४

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनको सरकार खान कै लागि जन्मिएको बताएका छन् ।

अन्तराष्ट्रिय श्रमिक दिवस तथा नजिकिदै गरेको स्थानीय निर्वाचन केन्द्रित एमाले मकवानपुरले हेटौंडामा गरेको आमसभालाई सम्बोधन गर्दै उनले अहिलेको सरकार खानकै लागि जन्मिएकाले मन्त्री र मन्त्रालय थप्ने काम गरेको बताए ।

उनले गठबन्धनको सरकार राष्ट्रिय लुतो भएकाले बैसाख ३० गते सबैले राष्ट्रिय लुतो फाल्ने दिन मनाउनु पर्ने भन्दै कटाक्ष गरे । उनले यो सरकारले २४ लाख डोज भ्याक्सिन क्याप्सुल निले जस्तै निलेको बताए ।

हालका स्वास्थ्य मन्त्री बिरोध खतिवडा प्रति लक्षित गर्दै उनले स्वास्थ्यमन्त्री अगस्थ्य ऋषि जस्तो जति खाए नि नपुग्ने खालका भएको बताए ।

उनले नेपाली कांग्रेसले आफ्नो घोषणा पत्रमा एमालेको अध्यक्षको नाम ४२ ठाउँमा लेखेको भन्दै व्यङ्ग्य गरे । उनले एमाले विरुद्ध वान  टु वान गठबन्धन गरेर मात्र हैन देशभरकै शक्ति एकैसाथ आएपनि हु इज एमाले जनताले बैशाख ३० पनि देखाइदिने भन्दै गठबन्धनलाई चुनौती दिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*