हेटौंडामा केपी ओलीले भने : माकुने पार्टी बाच्छाको मुखमा परेको अङ्गेरीको झार !

हेटौंडा खबर
१८ बैशाख २०७९, आईतवार १९:०५

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले बाट निस्किएर गएको पार्टी एकीकृत हुने नसक्ने बताएका छन् ।

अन्तराष्ट्रिय श्रमिक दिवस तथा नजिकिदै गरेको स्थानीय निर्वाचन केन्द्रित एमाले मकवानपुरले हेटौंडामा गरेको आमसभालाई सम्बोधन गर्दै उनले नेकपा एकीकृत समाजवादी पार्टीलाई माकुने पार्टी भन्दै कटाक्ष गरे ।

उनले नेकपा एस पार्टीलाई बाच्छाको मुखमा परेको अन्गेरीको झारको संज्ञा दिए ।

‘कहिले कहिले गाईको बाच्छाको मुखमा अङ्गेरीको झार पर्यो भने त्यसले तुरुन्तै निकालेर फालिहाल्छ, यो पार्टी पनि यस्तै हो, गैहाले पनि निस्किहाल्नुपर्छ’, उनले भने ।

उनले यो स्थानीय तहको निर्वाचनमा गठबन्धनलाई हराउदै देश एमालेमय बन्ने बताएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*