हेटौंडाको सडक विस्तारबारे केपी ओली भन्छन् – बाइपासबाट बाटो निकालौं

हेटौंडा खबर
१८ बैशाख २०७९, आईतवार २२:२०

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हेटौंडाको सडक विस्तारबारे चासो राखेका छन् ।

आज अन्तराष्ट्रिय श्रमिक दिवस तथा नजिकिदै गरेको स्थानीय निर्वाचन केन्द्रित एमाले मकवानपुरले हेटौंडामा गरेको आमसभालाई सम्बोधन गर्दै उनले २५ मिटर सडक बिस्तार बारे बोलेका हुन् ।

उनले सडक विस्तार गर्दा बजार क्षेत्र भत्काउनु भन्दा बैकल्पिक बाटो खोज्नुपर्नेमा जोड दिए । उनले हेटौंडामा सडक बनाउने नाममा जनताको घर भत्काउदै छोड्दै गरेर राजनीति गर्नु भन्दा बाइपासबाट बाटो निकाल्नु उत्तम हुने धारणा राखे ।

सडक विस्तार गर्दा बाइपासबाट निकालेर सहरलाई सहरकै रुपमा विकास गर्नुपर्ने उनले बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*