पेट्रोलियम पदार्थको मूल्य बढेर आयो

हेटौंडा खबर
२० बैशाख २०७९, मंगलवार १६:१४

भारतीय आयल कर्पोरेसन (आइओसी) ले सबै पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको छ ।

आइओसीले पन्ध्र-पन्ध्र दिनमा पेट्रोलियम पदार्थको नयाँ मूल्य नेपाल आयल निगमलाई पठाउने गर्दछ । सोही मूल्यको आधारमा निगमले उपभोक्ता मूल्य तोक्नेछ । वैशाख १८ गते आइओसीले सबै पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको हो।

अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेर आएको भन्दै आईओसीले नेपाल आयल निगमलाई डिजल, पेट्रोल, हवाई इन्धन र ग्यासको मूल्य बढाएर पठाएको छ । आईओसीले पठाएको नयाँ मूल्य अनुसार पेट्रोल प्रतिलिटर पाँच रुपैयाँ १८ पैसा, डिजेल १० रुपैयाँ १८ पैसा र हवाई इन्धन सात रुपैयाँ १२ पैसाले बढेर आएको नेपाल आयल निगमले जनाएकाे छ । त्यस्तै ग्यास पनि प्रतिसिलिन्डर ११८ रुपैयाँ बढेर आएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*