हेटौंडामा एमालेका उम्मेदवार अनिल बानियाँले जस्ता बाड्न लागेको भन्दै नियन्त्रण

हेटौंडा खबर
२१ बैशाख २०७९, बुधबार १२:२१

हेटौंडा उपमहानगरपालिका -१८ मा एमालेका वडाध्यक्षका उम्मेदवारले गाउँमा जस्ता बाड्न लागेको भन्दै विरोध भएको छ ।

बुधबार विहान एमालेका वडा अध्यक्षका उम्मेदवार बानियाँले निर्वाचनको आचारसंहित उल्लङ्घन गर्दै वडाको लालभित्तेलगायतका स्थानमा करिब १५ घरधुरीलाई २०० थान जस्तापाता जस्तापाता बाड्न लैजादै गरेको भन्दै नियन्त्रणमा लिइएको हो ।  ट्राक्टर र जस्ता प्रहरीको नियन्त्रणमा रहेको छ ।

वडाध्यक्षका उम्मेदवार बानियाँले आचार संहित विपरीत उक्त जस्तापाता बाड्न लागेको स्थानीयले आरोप लगाएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*