आइजिपी बढुवाविरूद्धको रिटमाथि सुनुवाइ जारी
नेपाल प्रहरीको २९ औं महानिरीक्षक (आइजिपी) बढुवाविरूद्ध सर्वोच्च अदालतमा दायर भएको रिट निवेदनमाथि पहिलो सुनुवाइ सुरू भएको छ।
न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासमा आज मुद्दाको सुनुवाइ सुरू भएको अदालतका सहप्रवक्ता देवेन्द्र ढकालले जानकारी दिए।
प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहलाई नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णयविरूद्ध प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) विश्वराज पोखरेलले यही वैशाख १९ गते सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए।
नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक पोखरेलले दायर गरेको रिट निवेदनमा आफूभन्दा डेढ वर्ष कनिष्ठलाई बढुवा गर्ने सरकारको निर्णय बदर गर्न माग गरिएको छ।
वैशाख १८ गते बसेको मन्त्रिपरिषद्को बैठकले सिंहलाई प्रहरी महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको थियो।