मानव अधिकार आयोगले सातवटै प्रदेशका मतदान केन्द्रको अनुगमन गर्ने

हेटौंडा खबर
२१ बैशाख २०७९, बुधबार १६:०२

राष्ट्रिय मानव अधिकार आयोगले सातवटै प्रदेशका मतदान केन्द्रको अनुगमन गर्ने भएको छ। आयोगका अध्यक्ष तथा अन्य सदस्यको नेतृत्वमा रहेको उच्चस्तरीय अनुगमन टोलीले सातवटै प्रदेशमा निर्वाचनपूर्वको अनुगमन गर्ने बताइएको छ।

आयोगका सदस्यहरू डा. सूर्यप्रसाद ढुंगेल मधेस प्रदेशमा, मिहिर ठाकुर गण्डकी प्रदेश, मनोज दुवाडी सुदूरपश्चिम, लिलि थापा प्रदेश १ को अनुगमनमा खटिनेछन्।

यस्तै, मतदानका दिन आयोगका अध्यक्ष तपबहादुर मगरसहित आयोगका पदाधिकारी तथा पूर्वपदाधिकारी सम्मिलित उच्चस्तरीय टोलीले अनुमगन गर्नेछ।

आयोगले मानव अधिकारको दृष्टिकोणबाट अनुगमन गर्दै आइरहेको जनाएको छ। निर्वाचन मानव अधिकारमैत्री हुनुपर्छ भनेर विगतदेखि नै अनुगमन गर्दै आइरहेको छ। आयोगले वैशाख ११ र १२ गते ३० वटा जिल्लामा अनुगमन गरिसकेको जनाएको छ।

निर्वाचनको अवधिमा ४७ वटा अनुगमन टोली परिचालन गरि सातवटै प्रदेशका ७७ वटा जिल्लाहरूका मतदान केन्द्रमा पुगेर स्थलगत अनुगमन गर्ने आयोगले जनाएको छ। निर्वाचन अवधिमा आयोगमा अनुगमन कन्ट्रोल रुम स्थापना गर्नुका साथै द्रुततर सूचना संकलन तथा द्रुत अनुगमन टोलीको व्यवस्था गर्नेछ।

आयोगका कायममुकायम सचिव मुरारी खरेलले विगतमा जस्तै आयोगले मानव अधिकारको दृष्टिकोणले अनुगमन गर्ने बताए।

यसमा तपाइको मत

Your email address will not be published.


*