राप्रपाले हेटौँडामा चुनावी सभा गर्दै, अध्यक्ष लिङ्देनले सम्बोधन गर्ने

हेटौंडा खबर
२२ बैशाख २०७९, बिहीबार ११:४८

 राष्ट्रिय प्रजातन्त्र पार्टी मकवानपुरले बैशाख २५ मा मकवानपुरको हेटौँडामा चुनावी सभा गर्ने भएको छ । आसन्न स्थानीय तहको निर्वाचनको प्रचार प्रसारको लागि राप्रपाले २५ बैशाखमा आमसभा गर्न लागेको हो ।

सभालाई पार्टी केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देलले सम्बोधन गर्ने तयारी भएको राप्रपा मकवानपुर प्रवक्ता विशभ अधिकारीले जानकारी दिए । उनका अनुसार राप्रपाले पनि मकवानपुरको हेटौंडा उपमहानगरपालिका–४ स्थित हुप्राचौरमा  आमसभा हुनेछ ।


अध्यक्ष लिङ्देनले उम्मेदवारहरू र कार्यकर्ताको हौसला बढाउने गरी आमसभा गर्न लागेको उनले बताए । आमसभामा पार्टी प्रवेश कार्यक्रम समेत रहेने राप्रपा मकवानपुरले जनाएको छ ।

राप्रपाबाट हेटौंडा उपमहानगरपालिकाको मेयर पदमा प्रत्यासी दीपकबहादुर सिंहले आफ्नो पार्टीको जित मकवानपुरमा सुनिश्चित भए पनि मकवानपुरका कार्यकर्ताहरुको मागलाई सम्बोधन गर्न अध्यक्ष लिङ्देनलाई आमसभामा डाकिएको बताए ।

आमसभामा राप्रपाका केन्द्रीय नेताहरु,प्रदेश नेताहरु तथा जिल्ला नेता तथा कार्यकर्ताको उपस्थिती रहने छ । “मकवानपुरको १० वटै स्थनाीय तहको राप्रपाका उम्मेद्वारहरु सहभागिता रहने छ” प्रवक्ता अधिकारीले भने ।

लिङ्देन राप्रपाको केन्द्रीय अध्यक्षमा निर्वाचित भएयता दोस्रो पटक हेटौंडा आउन लागेका हुन् । लिङ्देन यसअघि गत २७ चैतमा हेटौंडा आएका थिए । सोही दिन आसन्न स्थानीय तहको निर्वाचन लक्षित गरी विभिन्न समितिहरु बनाएर तयारी सुरु गरिएको राप्रपा मकवानपुर प्रवक्ता अधिकारीले जानकारी दिए । पार्टीले हेटौंडाको मेयरको लागि दीपकशहादुर सिंह र उपमेयरको रुपमा इन्दीरा न्यौपानेलाई अघि सारेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*