गठबन्धनका उम्मेदवारको प्रचारमा लाग्न नेविसंघको परिपत्र
नेपाल विद्यार्थी संघ (नेविसंघ)ले स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस पार्टीका उम्मेदवार र तालमेल गरिएका उम्मेदवारलाई विजयी गराउन परिचालन हुन निर्देशन दिएको छ ।
वडाका प्रत्येक बुथमा जतिसक्दो उल्लेख्य संख्यामा युवा विद्यार्थीहरुलाई स्वयंसेवकका रुपमा निर्वाचनमा परिचालन हुन नेविसंघले परिपत्र गरेको हो ।
मतदातालाई परेको असुविधा र अस्पष्टताको निराकरणका लागि आवश्यक सहयोग पुर्याउन संघका अध्यक्ष दुजाङ शेर्पाले निर्देशन गरेका छन् । साथै, विपक्षी प्रतिस्पर्धी राजनीतिक दलका विद्यार्थी संगठनको चुनावी रणनीतिको ख्याल गर्न पनि सुझाइएको छ ।