अमेरिकाले नेपाललाई ७९ अर्ब ७१ करोड अनुदान सहयोग दिने

हेटौंडा खबर
२२ बैशाख २०७९, बिहीबार १४:२६

अमेरिकाले नेपाललाई ७९ अर्ब ७१ करोड रुपैयाँ अनुदान दिने निश्चित भएको छ ।

आगामी ५ वर्षभित्र खर्च गर्ने गरी अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी सहयोग नियोग (यूएसआईडी)मार्फत नेपालले यो रकम प्राप्त गर्ने भएको छ ।

अर्थ मन्त्रालायमा बिहीबार आयोजित कार्यक्रममा अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहयोग समन्वय महाशाखाका प्रमुख इश्वरीप्रसाद अर्याल र यूएसआईडीका नेपाल निर्देशक सेपीदेश केवंशदले सहयोग सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

यो रकम नेपाललाई मध्यम आययुक्त मुलुकमा स्तरोन्नती हुने नेपालको प्रयासमा खर्च हुने बताइएको छ ।यो सहायता नेपालको शिक्षा, स्वास्थ्य, दीगो उर्जा र कृषि विकासमा उपयोग गरिने मन्त्रालयले जनाएको छ ।

अनुदानका सबै कार्यक्रम बजेटको रातो किताबमा प्रकाशित गरी पारदर्शी रुपमा कार्यान्वयन हुने समेत मन्त्रालयले वनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*