रुरु जलविद्युतको नाफा बढ्यो, विद्युत बिक्रीबाट १३ करोड २१ लाख आम्दानी

हेटौंडा खबर
२३ बैशाख २०७९, शुक्रबार ११:२४

रुरु जलविद्युत परियोजना लिमिटेडले चालु आर्थिक वर्षको ९ महिनासम्ममा ८ करोड ८ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण यस्तो देखाएको हो ।

वित्तीय विवरणअनुसार उक्त नाफा गत वर्ष यही अवधिको तुलनामा १.९२ प्रतिशतले बढि हो । गत वर्षको यही अवधिमा कम्पनीले ६ करोड १३ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।

समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी ९.८५ प्रतिशतले बढेर १३ करोड २१ लाख रुपैयाँ भएको छ । गत वर्ष यही अवधिमा यस्तो आम्दानी १२ करोड २ लाख रुपैयाँमा सीमित थियो ।

चुक्तापुँजी ४४ करोड ८४ लाख रुपैयाँ रहेको कम्पनीको रिजर्भ थोरै बढेर १२ करोड ६० लाख रुपैयाँको उचाइमा पुगेको छ । गत वर्ष यही अवधिमा रिजर्भमा १२ करोड २७ लाख रुपैयाँ रहेको थियो ।

कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) २४.०५ रुपैयाँ रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*