‘सफा हिमाल अभियान’बाट १३ हजार किलो बढी फोहोर संकलन

हेटौंडा खबर
२३ बैशाख २०७९, शुक्रबार १७:०८

नेपाली सेनाको अगुवाईमा भइरहेको हिमाल सफाई अभियानबाट १३ हजार ७८१ किलो फोहोर संकलन भएको छ। सेनाले विभिन्न संघसंस्थाको साथमा सगरमाथा, ल्होत्से, कञ्चनजङ्गा र मनास्लु हिमाल सफाइ थालेको हो।

जैविक विविधता तथा पर्यावरण संरक्षण गर्ने उद्देश्य अनुरुप नेपाली सेनाको अगुवाईमा गत २०७८ चैत २२ गतेबाट अभियान सुरु भएको थियो।

‘सफा हिमाल अभियान २०२२’ नाम दिएर नेपाली सेना तथा सेवा प्रदायकका टोलीहरुले यही वैशाख २१ गतेसम्म सगरमाथा, ल्होत्से, कञ्चनजङ्घा र मनास्लु गरी ४ वटा हिमालहरुबाट सो परिणामको फोहोर संकलन गरेका हुन्।

यसमा तपाइको मत

Your email address will not be published.


*