हेटौंडा ८ को गठबन्धनको प्रतिबद्धता पत्र सार्वजनिक

हेटौंडा खबर
२३ बैशाख २०७९, शुक्रबार २१:३७

स्थानिय तह निर्वाचनको लागि चुनावी मोर्चामा रहेको हेटौंडा ८ को गठबन्धनले प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ ।

शुक्रबार पत्रकार सम्मेलन गर्दै गठबन्धनको तर्फबाट अध्यक्ष पदका उम्मेदवार बनेका राम थापा नेतृत्वको समुहले चुनावबाट निर्वाचित भएमा वडामा गर्ने कामको प्रतिबद्धता सार्वजनिक गरेको हो । पत्रकार सम्मेलनमा वडा अध्यक्षका उम्मेदवार थापाले वडामा निर्वाचनको लागि बनेको गठबन्धन भावनात्मक भएको बताए ।

उनले यहाँ एमालेले गर्दै आएको बिभेद र निषेधको बिरुद्धको गठबन्धन भएको बताए । उनले वडामा लामो समय देखि नेतृत्व गर्दै आएको एमालेले फरक पार्टीको अस्थित्व स्विकार नगरेको अवस्थालाई चिर्ने काम हुने बताए । ‘ म सबैको हुने छु, सबै मेरा हुने छन्’ भन्ने नारा सहित सार्वजनिक गरीएको प्रतिबद्धता पत्रमा सामाजिक न्याय÷ सुरक्षा, शिक्षा, स्वास्थ्य, रोजगारी, योजना तथा पुर्वाधार विकास, कृषि तथा उद्यम, खेलकुद र कला सहित्य र सस्कृतिलाई समेटिएको छ । आफ्नो नेतृत्व वडामा निर्वाचित भएमा सरकारी बिद्यालयबाट उत्कृष्ट नतिजा हासिल गरी चिकित्सा बिज्ञान, इन्जिनियरिङ, चार्टर एकाउन्टेन्ट पढ्न चाहने बिपन्न परिवारका छात्र-छात्रालाई कार्यविधी बनाई प्राथमिकताको आधारमा शर्त सहित ५ देखि २० लाख सम्म सहयोग गर्ने उल्लेख छ ।

प्रतिबद्धता सार्वजनिक गर्दै उम्मेदवार थापाले गठबन्धनले बिजयी हासिल गरेमा कमिसन मुखि विकासको अन्त्य गर्दै शुसासन र पारदर्शिता सहितको सेवा दिने बताए । घरदैलोमा रहेको गठबन्धनलाई स्थानिय मतदाताले आर्थिक तथा सामाजिक रुपान्तरणको योजना वारे जिज्ञासा राख्ने गरेको बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*