हेटौंडामा एमालेको चुनावी फण्डा : २५ मिटर भत्काउन नदिने आस्वासन
नेकपा एमालेले वर्षौदेखि विवादित पूर्व–पश्चिम राजमार्गको हेटौंडामा २५/२५ मिटर सडक विस्तारको विषयलाई आफ्नो चुनावी फन्डा बनाएको छ । आसन्न स्थानीय निर्वाचन नजिकिदै जाँदा एमालेले शुक्रबार साझ हेटौंडामा हेटौंडा बजार क्षेत्रका घरधनी र व्यवसायी विच अन्तरक्रिया कार्यक्रम गर्यो ।
उक्त कार्यक्रममा एमालेका नेतादेखि पुर्व मुख्यमन्त्रीसम्मले हेटौंडा बजार कुनैपनि हालतमा भत्काउन नदिने भन्दै आस्वासन दिए । कार्यक्रममा राष्ट्रियसभा सांसद रामचन्द्र राइ , एमाले नेता कृष्ण दाहाल, पुर्व मुख्यमन्त्री डोरमणि पौडेल, एमालेको तर्फबाट मेयरको उम्मेदवार बनेका अनन्त पौडेल र उपमेयरकि उम्मेदवार सुमित्रा काफ्ले लगायत उपस्थित थिए ।
उनीहरुले हेटौंडाको २५ मिटर कुनैपनि हालतमा भत्काउन नदिने र यसमा एमाले पहिलेदेखिने लागेको र अब पनि लाग्ने दावी गरे । पूर्व मुख्यमन्त्री डोरमणि पौडेलले बजारमा २५ मिटर सडक फराकिलो पार्न जरुरी छैन भन्दा आफुलाई बिकास बिरोधी भनेको गुनासो गरे । उनले बैकल्पिक उपाए हुदा हुदै मुख्य शहरको बीचबाट २५/२५ मिटर सडक चौडा गर्दा हेटौंडाको अस्तित्वनै मेटिने भन्दै एमालेले २५ मिटर बजारबाट लान नदिने प्रतिवद्दता जनाए ।
उद्योग बाणिज्य संघ मकवानपुरका पुर्व अध्यक्ष राज कुमार न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा चुनावको मुखमा २५ मिटर सडक विस्तारलाई देखाएर अप्रत्यक्ष रुपमा भोटको अपेक्षासहित एमालेले आस्वासन थुपारेको प्रष्ट देखियो ।
अन्तरक्रिया कार्यक्रम भनेपनि कार्यक्रममा लगातार एमाले नेताहरुले आफ्ना कुरा मात्र राख्न थालेपछि हेटौंडा राप्ती रोडका बासिन्दाले आफ्ना समस्या र प्रश्न जवर्जस्ती राखेका थिए । २५ मिटर सडक विस्तार हुँदा समस्यामा पर्ने पिडितहरु अधिकांसले एमालेले सधै आस्वासन मात्र बाढेको आरोप लगाए । उनीहरुले चुनावको मुखमा एमालेले बाडेको आस्वासनमा विस्वास नगर्ने भन्दै कुरा भन्दा काम पहिले गर्न सुझाव दिए ।
कार्यक्रममा हेटौंडा-१० का दिनेश लामाले प्रश्न राखे, ‘मकवानपुरकै जनताले जिताएका नेता मन्त्री, मुख्यमन्त्री बने, प्रतिनिधि सभा, राष्ट्रिय सभामा पुगे तर हाम्रो समस्या कसैले देखेन, हाम्रै ठाउँको मुख्यमन्त्री बन्दा त केही भएन भने अब एमालेले गर्छ भन्ने विस्वास कसरी गर्ने ?
अर्का स्थानीय सुदिप क्षेत्रिले एमालेका डोरमणि पौडेल मेयर हुदाको बेलादेखिको समस्या आजसम्म पनि समाधान हुन नसकेको गुनासो गरे । उनले ३ पुस्ता सम्म आइपुग्दा सम्म पनि एमालेले हेटौंडाको मुख्य सडक छेउका घरधनिको समस्या समाधान गर्न नसकेको बताए । उनले पुर्व मुख्यमन्त्री डोरमणि पौडेललाई भने,’ उहालाई पान निकै मन पर्छ, उहासंग बसेर पान खानामन छ र हासी हासी प्रश्न गर्न मन छ, तपाइँ मुख्यमन्त्री हुदा के गर्नुभो ?
कार्यक्रममा सडक छेउका घरधनीले आफ्ना समस्या राख्दै एमालेले आस्वासन मात्र बाढेको र आफ्नो समस्या ज्युका त्यू रहेको भन्दै अशन्तुष्टी पोखे ।
उता पुर्व मुख्यमन्त्री पौडेलले भने आफु मुख्यमन्त्री हुँदा हेटौंडाको लागि धेरै गरेको तर हेटौंडाबासीले जस नदिएको भन्दै जंगिए । उनले प्रदेश राजधानी हेटौंडा आफुले बनाएको र त्यसको खुसियालीमा एक हप्ता उत्सव मनाउनु पर्नेमा यहाँ कसैले त्यसो नगरेको भन्दै आक्रोस पोखे । उनले भने,’ हामी हाम्रो कर्तब्यबाट च्युत हुदैनौं तपाईहरु रिसाए पनि खुसाए पनि, यहाँ काम जति सबै एमालेले गर्नु पर्छ, भोट जति अरुलाई दिनुहोला, जाहादिए नि दिनुस केहि हुदैन,’।
उनले घुमाउरो भाषामा एमालेले काम गर्देको छ, भोट एमालेलाई चाहिन्छ, भन्न खोजेजस्तै गरी प्रस्तुत भए । उनले हेटौंडाको सडक १६/१६ मिटर कायम गर्ने र बाइपासबाट बैकल्पिक सडक निकाल्ने कुरामा प्रतिबद्ध रहेको बताए । केहि समय अघि हेटौंडा उपमहानगरपालिकाका मेयर हरि बहादुर महतले यहाँको सडक २५ मिटर फराकिलो बनाउनुपर्छ भनेको विषयमा उनले उपमहानगरपालिकाको अधिकार नै नभएको विषयमा मेयरले अभिव्यक्ति दिएको भन्दै हेटौंडा उपमहानगरपालिकाले यो सडक केहि गर्न नसक्ने बताए ।
कार्यक्रममा एमालेबाट हेटौंडा उपमहानगरपालिकाको मेयरका उम्मेदवार रहेका अनन्त पौडेलले एमाले हेटौंडाको बजार भत्काएर २५ मिटर सडक कायम गर्ने पक्षमा नरहेको बताए । उनले सडक विस्तार २५ मिटर नै गर्नुपर्छ भन्दा आफुले तत्कालिन क्षेत्रिय प्रशासक बिनोद केसीको कार्यकक्षमा गएर बिरोध जनाएको बताए । उनले आफुले जिते हेटौंडाको सडक १६/१६ मिटर कायम गर्न पहल गर्ने प्रतिवद्धता जनाए ।
हेटौंडा बजार क्षेत्रको राजमार्ग विस्तार र सार्ने विषय पटक पटक राजनीतिक बिषय बन्दै आएको छ । २०७४ कात्तिकको संसदीय चुनाव अघि पूर्वपश्चिम राजमार्ग र त्रिभुवन राजपथको रुट परिर्वतन गरेर हेटौंडा बजार छल्ने निर्णय भएको प्रचार पनि भएको थियो । २०७५ फागुनमा प्रदेश सरकारले बजार क्षेत्रको पूर्व-पश्चिम राजमार्ग र त्रिभुवन राजपथको खण्डलाई दायाँ-बायाँ १६-१६ मिटर कायम गर्ने गरी संघीय सरकारसमक्ष सिफारिस गरेको थियो ।
तर संघीय सरकारले प्रदेश सरकारले गरेको सिफारिस कार्यान्वयन नगर्ने भन्दै हेटौंडाको मुख्य राजमार्गमा पर्ने सडक भत्काउन भन्दै संघीय सरकार मातहत रहेको सडक डिभिजन कार्यालय हेटौंडाले पटक पटक सूचना जारी गर्ने गरेको छ ।
घर जग्गाको मुवाब्जा नदिई निजि संरचना भत्काउन नहुने भन्दै हेटौंडाको मुख्य सडक छेउका घरधनि अधिकांसले अदालतमा मुद्दा दायर गरि स्टे अर्डर (रोक्का आदेश) लिएर बसेकाले अहिले सडक विस्तार त्यसै रोकिएको छ ।