मन्त्री झाँक्रीलाई पार्टी सचिवको हैसियतमा चुनावी प्रचारमा जान अनुमति
निर्वाचन आयोगले सहरी विकासमन्त्री रामकुमारी झाँक्रीलाई पार्टी नेताको हैसियतमा चुनावी प्रचारप्रसारमा सहभागी हुन अनुमति दिएको छ । उनी सत्तासाझेदार दल नेकपा (एकीकृत समाजवादी)की सचिव हुन् ।
झाँक्रीले केन्द्रीय कमिटीको सचिवको हैसियतमा चुनावी प्रचारप्रसारमा सहभागी हुनका लागि सहमति मागेकामा आयोगले अनुमति दिएको हो । उनलाई मन्त्रीको हैसियतमा प्राप्त कुनै पनि सेवा सुविधा प्रयोग नगरी त्यस्ता कार्यक्रममा सहभागी हुन अनुमति दिइएको आयोगले जनाएको छ ।
निर्वाचन आचारसंहितामा सरकारी पदमा रहेका व्यक्ति पार्टीको चुनावी प्रचारप्रसारमा सहभागी हुन नपाइने उल्लेख छ ।