सञ्चार क्षेत्रको समस्या समाधान गर्न सरकार कटिबद्ध
सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सञ्चार क्षेत्रमा देखिएको समस्या समाधान गर्न वर्तमान सरकार कटिबद्ध रहेकोबताउनुभएको छ ।
गोरखापत्र संस्थानको ६०औं वार्षिकोत्सव तथा उक्त पत्रिका प्रकाशन भएको १ सय २२ वर्षको उपलक्ष्यमा शनिबार राजधानीमा आयोजित कार्यक्रममा मन्त्री कार्कीले गोरखापत्रलाई सरकारी मुखपत्र मात्र नभई जनताको आवाज उठाउने पत्रिकाको रूपमा विकास गर्न सरकार लागिपरेको बताउनुभयो ।
उहाँले श्रमजीवी पत्रकारहरूको सुरक्षाका लागि सरकारले नीति नै बनाएर अघि बढ्ने तयारीमा रहेको बताउँदै दक्षिण एसियामा १ सय २२ वर्षसम्म निरन्तर प्रकाशित हुँदै आएको गोरखापत्रको छुट्टै इतिहास रहेको बताउनुभयो ।
सञ्चार सचिव बैकुण्ठ अर्यालले गोरखापत्रलाई आवाजविहीनहरूको आवाज बनाउन सरकार लागिपरेको र पछिल्लो समयमा गोरखापत्रले हासिल गरेको सफलताले पनि पत्रिकाको गरिमा बढ्दै गएको बताउनुभयो ।