नेपाल रेडियोलोजिस्ट एसोसिएसनको चौथो राष्ट्रिय सम्मेलन काठमाडौंमा सम्पन्न

हेटौंडा खबर
२५ बैशाख २०७९, आईतवार १३:१५

नेपाल रेडियोलोजिस्ट एसोसिएसनको राष्ट्रिय सम्मेलन वैशाख २३ र २४ गते काठमाडौंमा सम्पन्न भएको छ।

सम्मेलनको उद्घाटन वैशाख २३  गते वरिष्ठ रेडियोलोजिस्ट डा नेत्र बहादुर अमात्यले गरेका थिए भने विशेष अतिथिके रुपमा वरिष्ठ रेडियोलोजिस्ट डा आनन्द प्रसाद श्रेष्ठ सहभागी थिए।

उद्घाटन कार्यक्रममा नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा भगवान कोइराला र नेपाल चिकित्सक संघका अध्यक्ष डा लोचन कार्कीले सुभकामनादिएका थिए।

सम्मेलनको पहिलो र दोस्रो दुवै दिन  विशेषज्ञहरुले कार्यपत्र प्रस्तुत गरेका  थिए। कार्यपत्रमा विदेश तथा नेपालका गरी ४५ जना रेडियोलोजिस्टहरुले ५० भन्दा बढी कार्यपत्र प्रस्तुत गरेका थिए भने केही कार्यपत्र भर्चुअल माध्यमबाट पनि प्रस्तुत भएका थिए।

नेपाल रेडियोलोजिस्ट एसोसिएसनको चौथो सम्मेलन (RADCON 2022) को मुल नारा Paving the road towards Radiology Subspecialty In Nepal रहेको थियो।

सम्मेलनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गरी ३ सय भन्दा बढी रेडियोलोजिस्ट चिकित्सकहरुको सहभागिता रहेको एसोसिएसनका सदस्य डा विश्वराज बस्ताकोटीले बताए।

एसोसिएसनका अध्यक्ष प्राडा हेन्सन खड्काका अनुसार हरेक दुइ वर्ष मा हुने यो सम्मेलन यसपटक कोभिडका कारण साढे तीन वर्षमा आयोजना भएको हो।

यसमा तपाइको मत

Your email address will not be published.


*