४,०१० नमुना परीक्षण गर्दा १७ जनामा संक्रमण

हेटौंडा खबर
२५ बैशाख २०७९, आईतवार १५:४६

पछिल्लो २४ घण्टामा देशभर १७ जना कोभिड–१९ संक्रमित थपिएका छन् । चार हजार १० वटा स्वाब नमुनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो ।

यो अवधिमा २१ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या २०१ छ ।

अहिले २०० जना होम आइसोलेसनमा तथा एक संक्रमित आईसीयूमा उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*