सिडिओ कार्यालय कतै ८ दिन, कतै ७ दिन बन्द
जिल्ला प्रशासन कार्यालय गुल्मी हिजोदेखि आगामी जेठ २ गतेसम्म बन्द हुने भएको छ । स्थानीय तहको निर्वाचनमा कर्मचारीहरु खटिएकाले नागरिकतालगायतका कार्यहरु बन्द रहेको जनाइएको छ ।
कार्यालयले बैशाख २५ गतेदेखि ३० गतेसम्म सबै कार्य बन्द रहने जानकारी गराएको छ । साथै वैशाख ३१ शनिबार जेठ १ गतेदेखि आइतबार पनि बिदा र २ गते बुद्ध जयन्ती भएकाले जेठ ३ गतेदेखि मात्र कार्यालयबाट सर्वसाधारणले सेवा पाउने भएका छन् ।
उता पर्वतको जिल्ला प्रशासन कार्यालयले पनि ३० गतेसम्म सबै सेवा बन्द भएको जनाएको छ । त्यहाँ पनि त्यसपछि वैशाख ३१ गते शनिबार, जेठ १ गतेदेखि आइतबार पनि बिदा र २ गते बुद्ध जयन्ती परेकाले जेठ ३ गतेदेखि मात्र कार्यालयबाट सर्वसाधारणले सेवा पाउने भएका हुन् ।
पर्वतको जिल्ला मालपोत कार्यालयका सेवा पनि भोलिदेखि बन्द हुने भएका छन् ।