प्राविधिक कार्यालयका प्रमुखसहित ६ जनाविरुद्ध मुद्दा

हेटौंडा खबर
२७ बैशाख २०७९, मंगलवार १६:०२

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन जिल्ला प्राविधिक कार्यालय सप्तरीका प्रमुख जिल्ला इन्जिनियर राज कुमार गोईत, लेखापाल र निर्माण व्यवसायीसमेत गरी ६ जनाविरुद्ध मुद्दा दायर गरेको छ ।

अख्तियारले तत्कालीन जिल्ला प्राविधिक कार्यालय सप्तरीका इन्जिनियर उग्रानन्द पाठक र लेखापाल छत्रबहादुर श्रेष्ठलाई प्रतिवादी बताए ।

अनुसन्धानमा वास्तविक रुपमा भए गरेको कामभन्दा बढी परिमाणको काम गरेको भनी काम नै नगरेको विवरणसमेत गलत रुपमा उल्लेख गरी सोही गलत विवरण समेतलाई समेटी झुट्टा बिल भरपाई बनाइ सो बिलअनुसार  ६६ लाख ६४ हजार ६९९ भुक्तानी दिने र लिने कार्य गरेको पाइएको छ ।

उनीहरुले माँ जानकी निर्माण सेवा, अन्नपूर्ण कन्स्ट्रक्सन र एभरेष्ट निर्माण सेवासँगको मिलेमतोमा आफूलाई गैरकानुनी लाभ र नेपाल सरकारलाई हानिनोक्सानी पुर्‍याउने कार्यसमेत गरेको देखिएको पाइएको  छ ।

जिल्ला प्राविधिक कार्यालयका कर्मचारी एवं निर्माण व्यवसायीहरु भष्टाचार निवारण ऐन बमोजिम सजायको मागदावी लिइ विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*