मकवानपुरमा निर्वाचन बुथ सुरक्षाका लागि वाइसीएल खटिने
नेकपा माओवादी केन्द्र निकट युवाहरूको संगठन वाईसिएल मकवानपुरले स्थानीय तह निर्वाचनमा निर्वाचन बुथहरूकाे सुरक्षाको लागि वाइसीएल खटाउने भएकाे छ ।
निर्वाचनलाई भयरहित बनाउन र शान्ति सुरक्षा कायम गर्न वाइसिएल खटाउन लागेकाे वाइसिएल मकवानपुरका संयोजक लवराज ठकुरीले बताए ।
प्रत्येक मतदातालाई भयरहित वातावरणमा आफूले चाहेको प्रतिनिधि छान्ने अधिकारको सुरक्षा गर्न वाइसीएल नेपाल लागि पर्ने उनी बताउँछन् । जिल्लामा रहेको एक सय ६५ मतदान स्थलहरूमा करिब ६ हजारको हाराहारीमा वाइसीएल खटिने उनले बताए ।
जिल्लामा ‘एक बुथ २५’ युथ भन्ने नारासहित वाइसिएल सुरक्षामा खट्न लागेको उनले बताए । जिल्लामा रहेका संवेदनशिल स्थानहमा भने ५० देखि ६० जनासम्म खटाइने उनको भनाइ छ ।