दिउँसो १ बजेसम्म मौसम अनुकूल, त्यसपछि विभिन्न ठाउँमा वर्षा, समय मिलाएर मतदान गर्न आग्रह

हेटौंडा खबर
३० बैशाख २०७९, शुक्रबार १०:२४

स्थानीय तहको निर्वाचनमा मतदान भइरहेको छ । मुलुकभर एकैपटक निर्वाचन आयोगले मतदान गराइरहेको हो ।

यो साताको शुरुआतदेखि नै आजको दिन वर्षा हुने भन्दै मौसम पूर्वानुमान महाशाखाले सचेतना अपनाउन आग्रह गरेको थियो ।

राति विभिन्न स्थानमा वर्षा भए पनि अहिले भने कतै वर्षा नभएको महाशाखाका मौसमविद् बरुण पौडेलले जानकारी दिए ।

उनका अनुसार बिहान लुम्बिनी प्रदेश तथा प्रदेश १ का केही स्थानमा वर्षा भएको थियो । उनले प्रदेश १ का झापा, मोरङ लगायतमा वर्षा भएको जानकारी दिए । मतदान शुरु भएपछि भने कतै वर्षा नभएको उनले जानकारी दिए ।

मध्यान्हपछि भने विभिन्न स्थानमा वर्षाका लागि मौसम बदली हुने जानकारी दिए ।

दिउँसो प्रदेश १, बागमती र गण्डकीका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने पौडेलले बताए । उनलै एकै पटक जताततै वर्षा हुने नभइ फरक फरक समयमा वर्षा हुन सक्ने उनले बताए ।

उनले सोही अनुसार मतदान गर्न पनि आग्रह गरेका छन् । दिउँसो १ बजेभित्रै मतदान गर्ने हो भने वर्षाको असरमा नपरिने महाशाखाको बुलेटिनबाट स्पष्ट हुन्छ ।

स्थानीय तहको निर्वाचन बिहान ७ बजेदेखि शुरु भएर साँझ ५ बजेसम्म मतदान गर्न पाइने निर्वाचन आयोगले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*