प्रचण्डले मतपत्र पट्ट्याउन नजानेपछि

हेटौंडा खबर
३० बैशाख २०७९, शुक्रबार ०७:०४

सत्तासाझेदार दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मतपत्र पट्ट्याउन नजानेपछि सहयोगीले सिकाएका छन् ।

चितवनको भरतपुर महानगरपालिका–१६, शिवनगरस्थित प्रहरी विद्यालय केन्द्रबाट मतदान गरेका दाहालले मतपत्र पट्ट्याउन नजानेपछि सहयोगीले सिकाएका हुन् ।

मतपत्रमा मतसंकेत गरेपछि दाहालले पटक–पटक फरक–फरक ढंगले पट्ट्याउने प्रयास गरेका थिए । तर, पट्ट्याउने तरिका ठिक नभएपछि स्वयंसेवकले पट्ट्याइदिएका हुन् ।

दाहालले भोट हाल्ने क्रममा भरतपुर महानगरपालिकाको प्रमुख पदकी उमेदवार समेत रहेकी उनकी छोरी रेनु दाहाल उनीसँगै थिइन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*