मन्त्रीलाई मतदान केन्द्रमा जानबाट रोकियो
झण्डा हल्लाउँदै भोट हाल्न सुनसरी पुगेका एक मन्त्रीलाई मतदाताले लखेटेका छन् ।
नेपाली कांग्रेसका नेता तथा सञ्चार र सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीविरुध्द बराहक्षेत्र–६ का मतदाताहरूले नाराबाजी गरेका हुन् ।
कार्कीविरूद्ध ‘एमसीसी चाहिँदैन,देश बेच्न पाइँदैन’ भन्दै स्थानीय भोटरहरूले नाराबाजी गरेका थिए ।
मन्त्री कार्कीलाई मतदानहरूले मतदाता केन्द्रमा छिर्न दिएका छैनन् । चर्को रूपमा विरोध प्रदर्शन गरेपछि उनी त्यहाँबाट हिंडेको एक स्थानीयले जनाएका छन् ।