मतपत्रमा आफैं धमाधम छाप हान्दै गरेका मतदान अधिकृत पक्राउ
आफैं मतपत्रमा धमाधम छाप हाल्दै गरेका सर्लाही बलरा नगरपालिकाका मतदान अधिकृत राजकिशोर साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक प्रविण पोखरेलले मतदान अधिकृत साहले रुखमा धमाधम छाप हाल्दै गरेको अवस्थामा पक्राउ गरेको लोकान्तरलाई जानकारी दिए ।
सर्लाहीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले भने साहले रुख छापमा नै मतदान गर्न भनेर मतदातालाई सिकाइरहेको आरोप लागेपछि त्यहाँ विवाद उत्पन्न भएको बताए ।
विवाद उत्पन्न भएपछि उनलाई प्रहरीले सुरक्षा दिएको तथा अवरुद्ध भएको मतदानसमेत सुचारू भइसकेको उनको भनाइ छ । उक्त विषयमा निर्वाचन आयोगले छानबिन गर्ने उनले बताए ।